डोटी १४ चैत/डोटीको एक घरमा आगलागी हुँदा झण्डै ३ लाख बराबरको क्षति भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका १ लोलीस्थित जोगेनी विकको घरमा आगलागी हुँदा २ लाख ९४ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो घरभित्र चुलोमा बालेको आगो सल्किँदा विकको खरले छाएको २ तले घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएका छन् । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।