धनगढी,७ चैत / कञ्चनपुरको बेलौरीमा हत्या अभियोगमा दुई जना पक्राउ पारेका छन् । चैत्र ४ गते आइतबार बेलौरी नगरपालिका–१ फटैयाका सुवास मगर कुटपिटबाट घाइते भएका थिए ।
उपचारको क्रममा सोमबार साँझ मगरको धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाईका अनुसार मगरको घरमा विवाद भएको थियो ।
होल्ला गर्दा उनको छिमेकीसङ्ग पनि विवाद भएको थियो । विवादका क्रममा मगरमाथि कुटपिट भएको हो । उनको हत्या गरेको अभियोगमा परिवारले हिजो छिमेकी टेकबहादुर चन्द र किसन चन्दविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले उनीहरुलाई हिजो नै पक्राउ गरी म्याद थपका लागि जिल्ला लगिरहेको बताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।