धनगढी, ५ चैत/धनगढीका नगरप्रमुख गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ । आईतबार राती नगरप्रमुख हमाललाई ह्वाटसऐपमा म्यासेज गरी ज्यान मार्ने धम्की आएको बताईएको छ । हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।
‘नगरप्रमुख गोपाल हमालले सुरक्षा मागका लागि निवेदन दिएका छन्’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले भने–‘नगरप्रमुख गोपाल हमालको निवेदन अनुसार जिल्ला प्रहरीलाई सुरक्षा दिनका लागि पत्राचार गरेका छौ’
नगर प्रमुखलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए। ‘धम्की दिने व्यक्ति यही मटियारको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’, प्रमुख विष्टले भने, ‘उसले मेयर सापलाई खबरदार भन्ने लेखेको रहेछ।’
प्रहरीका अनुसार रानाले आफु लम्की पुगेको र आजै प्रहरीमा आउने बताएका छन्। प्रहरी प्रमुख विष्टले भने, ‘रानाले लिन आउनु पर्दैन भने पनि हामीले उच्च निगरानीमा राखेर सुरक्षा प्रबन्ध गरेका छौँ।’ धम्की दिनुको कारण भने खुलेको छैन्। धम्की दिएको बारेमा सम्पर्क गर्न खोज्दा नगरप्रमुख हमालको मोवाईल स्वीच अफ राखेका छन् ।