लवदेव धामी
धनगढी, ५ चैत / धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ। क्याम्पसले आफ्नो ४४ औँ वार्षिक उत्सव एक हप्ता पुरै विभिन्न प्रतियोगिताहरु गरेर मनाउन लागेको हो ।
यो क्याम्पसको हार जितको प्रतियोगिता भन्दा पनि विभिन्न विधाका प्रतिभाशाली विद्यार्थीको पहिचान गर्ने कार्यक्रम भएको क्याम्पस प्रमुख तोयाराज भट्टले बताए। उन्ले भने यो एक हप्ता क्याम्पस र विद्यार्थीको वृहत् महोत्सव हो । उहाँले क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीलाई प्रतियोगिताहरुमा सहभागी हुन पनि अनुराेध गरेका छन्।

छात्र छात्रा भलिबल, क्रिकेट, कबड्डी, ब्याटमिन्टन, खेलकुद प्रतियोगिता छन् , वौद्धिक क्षमता प्रस्फुटन गर्न हाजिरीजवाफ प्रतियोगिता , साहित्य तर्फ कविता, निबन्ध अंग्रेजी नेपालीमा , वक्तृत्वकला, र गायन , नृत्य प्रतियोगिताहरु क्याम्पसले वार्षिक उत्सवको अवसरमा गरिरहेको छ ।

क्याम्पसले गरेका यस्ता कार्यक्रम प्रतियोगिता नभए सिकाइकै अर्को पाटो हुन , पढाइसँगै अन्य ज्ञान पनि हुन आवश्यक रहेको स्ववियु सदस्य तथा भलिवलका प्रशिक्षक जनक अवस्थीले बताए ।
यस्तै क्याम्पसमा यस्ता प्रतियोगिताहरु बेला बेलामा भैरहनु पर्ने क्याम्पसका स्ववियु सभापति यमराज जोशीले बताएका छन् ।