धनगढी, ३ चैत / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन चैत १६, १७ र १८ गते धनगढीमा हुने भएको छ । देशव्यापी रुपमा प्रदेश अधिवेशन गरिरहेको परिषद्ले सुुदूरपश्चिममा सबै प्रदेशको अधिवेशन सकेर गर्न लागेको कैलाली जिल्लाका विद्यार्थी विस्तारक प्रेम बोहोराले बताए ।
नजिकै आइरहेको अधिवेशनलाई भव्य र सभ्य मनाउनको लागि प्राज्ञिकका कार्यकर्ताहरु तयारीमा जुटेका छन् । अधिवेशनको लागि धेरै जसो समाग्री खरीद गरि सकेको अब स्थान छनोटका साथै प्राज्ञिकका पुर्व कार्यकर्ता र शुभचिन्तकलाई निमन्त्रणा गर्ने कार्यलाई प्राथमिकतामा राखेको प्रदेश सह–संगठन सचिव मणिराम चौलागाईले बताए ।
शौक्षिक क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक भन्ने मूल मन्त्र बोकेर प्राज्ञिकले देशव्यापी रुपमा आफ्ना कार्यक्रमहरु गर्दै आएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले २/२ बर्षको अन्तरालमा राष्ट्रिय अधिवेशन र प्रत्येक बर्ष प्रदेश अधिवेशन गर्दै आएको छ ।
यस अघि प्राज्ञिक विद्यार्थी परिषद्ले कोशी, मधेस , बागमती , गण्डकी, लुम्बेनी प्रदेशमा अधिवेशन गरि सकेको र कर्णाली प्रदेशको चैत ८,९ र १० गते अधिवेशन हुँदैछ ।