धनगढी, २ चैत / सुदूरपश्चिमका नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले शुक्रबार पदभार ग्रहण गरेका छन्। शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि उनले प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे। ‘म प्रदेशमा रहँदासम्म इमान्दारिताका साथ काम गर्नेछु। कसैसँग पक्षपात गर्नेछैन। सम्पूर्ण जनतालाई समान ब्यवहार गर्नेछु उनले भने।
प्रदेश प्रमुख मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए। ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्यो भनून, म कानुन बमोजिम जनताको पक्षमा काम गर्नेछु, उनले भने।