बाजुरा, २८ फागुन / बाजुरा केन्द्र बिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्र बिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरा सहित आस पासका जिल्लामा महसुस भएको थियो ।