धनगढी, २८ फागुन/कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको एक ट्रकमाथि आगलागी नित्रयन्त्रण गर्न तिन वटा दमकल पुगेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो पुलको एक छेउमा समेत सल्किएको छ । आगो निभाउने प्रयास जारी छ । आगलागी अझै नियन्त्रण भएको छैन । लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । आगलागी सोमबार अपरान्ह तिर भएको हो ।
लम्कीबाट पनि एउटा दमकल घटनास्थलमा पुगेको र अर्को एउटा दमकल गरी २ वटा दमकलको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिने प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अहिलेसम्म आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।