• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीका किसान जडीबुटी खेतीमा सक्रिय

धनगढी,२७ फागुन / कैलालीको टीकापुर, लम्की–चुहा, जानकी, भजनी र बर्दगोरिया पालिकाका दुई सय १२ किसान जडीबुटीखेतीमा लागेका छन् । किसानहरु धान, तोरीपछिको तेस्रो बालीका रूपमा जडीबुटीखेती गर्न लागेका हुन् । टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट बीउ लगेर जडीबुटीखेती गरिरहेका छन् ।

यस वर्ष जडीबुटी कम्पनीले मेन्था तेल उत्पादन चार हजार किलो लक्ष्य राखेको छ। अहिलेसम्म ५६ लाख रुपैयाँको तेल उत्पादन भइसकेको कम्पनीले जनाएको छ। “एक सय ५२ किसानले मेन्थाखेती गरेको छ भने ५५ किसानले युक्यालिप्टसखेती गरेका छन्। यस्तै पाँचजना किसानले क्यामोमाइलखेती गर्नुभएको छ”, कम्पनीका टीकापुर प्रमुख कमल बेल्वासेले भने, “टीकापुरमा जडीबुटी उत्पादन गर्ने अत्याधुनिक उद्योग सञ्चालनमा छ तर यसले पूरा क्षमता उत्पादन गर्न पाएको छैन।”

उनले जडीबुटी उत्पादनका लागि बीउ स्थानीय सरकारले अनुदान दिने हो भने किसानको आकर्षण अझै बढ्ने बताए। “तेस्रो बालीका रूपमा ९० दिनमा प्रतिकठ्ठा कम्तीमा सात हजार रुपैयाँ प्रतिफल लिन सकिन्छ”, उनले भने, “कम्पनीले किसानको जडीबुटी निःशुल्क प्रशोधन गर्ने गरेको छ भने किसानको उत्पादन कम्पनीले नै खरिद गर्ने गरेको छ।” बीउ उत्पादनका लागि कम्पनीले आफैँ खेती गरे पनि तारबारको अभावमा संरक्षण हुन नसकेको प्रमुख बेल्बासेले बताए। यसरी जडीबुटी उत्पादन गर्नेमा टीकापुर नगरपालिकाका किसान धेरै छन् ।

किसानले बजार खोज्नु नपर्ने भएपछि जडीबुटीबाट आम्दानी लिन सहज भएको स्थानीय किसानको भनाइ छ। “अघिल्लो वर्ष सात हजार रुपैयाँको बीउ किनेर मकैखेती गर्दा जम्मा १२ हजार रुपैयाँको मकै भयो, यस वर्ष मकैखेती नगरेर एक बिघा जग्गामा मेन्थाखेती गरेको छु”, टीकापुर–१ वनगाउँका किसान दिलबहादुर चौधरीले भने, “तेस्रो बाली हो, अरु खेती गर्नुभन्दा जडीबुटीखेती गर्दा राम्रो हुन्छ।”

जडीबुटीखेती गर्न किसान तयार भए पनि बीउलगायत अन्य सुविधा नभएका कारण समस्या भएको चौधरीले बताए। एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ। मेन्थाबाट प्रशोधित तेल प्रतिलिटर एक हजार चार सय रुपैयाँ, यूक्यालिप्टस प्रतिलिटर एक हजार एक सय ५० रुपैयाँ र केमोमाइल १९ हजार रुपैयाँ प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ।कम्पनीसँग टीकापुरमा साढे चार बिघा जग्गा छ ।

यही जगामा किसानका लागि आवश्यक पर्ने बीउ उत्पादन गर्ने गरेको छ। अन्य उत्पादनमा अनुदान पाएपछि तीन वर्षअघिदेखि जडीबुटीखेती गरिरहेका किसानले जडीबुटीखेती गर्न छाडेका थिए। यस वर्ष पुनः जडीबुटीखेतीमा लागेको स्थानीय किसानको भनाइ छ। प्रशोधन कम्पनीसँग जडीबुटी प्रशोधन गर्ने दुई थान मेसिन थिए । खेती गर्ने किसान बढेपछि जडीबुटी प्रशोधन कम्पनीले छ वर्षअघि करिब एक करोड ५० लाख रुपैयाँमा अत्याधुनिक थप चार मेसिन बढाएर छ थान पुर्याएको छ।

जडीबुटीखेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकाले किसानको आकर्षण बढेको उनीहरूको भनाइ छ। कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ। कम्पनीको टीकापुर शाखामा नियमितरूपमा ३० दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन् । जडीबुटी उद्योगसँग रहेको छ प्रशोधन मेसिन दैनिक १६ घण्टा चल्छन् ।

कम्पनीले दैनिक ५० टन जडीबुटी प्रशोधन गर्न सक्ने कम्पनीका प्रमुख बेल्वासेले बताए। “जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ। अन्य समयमा कोरा जडीबुटी सङ्कलनको काम गर्छौ”, उनले भने।“मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ”, कम्पनीका प्रमुख बेल्वासेले भने,

“सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ।” प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले भने। “केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ”, उनले भने, “मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ।

आइतबार, फागुन २७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.