धनगढी, २४ फागुन / बोकटानी किङ विनोद बोहराद्वारा निर्मित डोटेली भाषाको चलचित्र नन्दीको टिजर सार्वजनिक हुने भएको हो। शिवरात्रीको अवसर पारेर नन्दी चलचित्रको टिचर सार्वजनिक हुन लागेको हो। धनगढी युट्युब च्यानलबाट सार्वजनिक हुन लागेको हो।
निर्माता तथा नायक बिनोद बोहराले नन्दी फिल्म चाँडै नै दर्शकहरूमाझ आउने बताए। कोभिडका बेला विभिन्न कारणले प्रदर्शन हुन नसकेको फिल्म लाई टिजर सार्वजनिक गरेपश्चात फिल्मको गते पनि आफूले पाउने बारे नायक बोहराले जानकारी दिए। फिल्म धेरैपछि आएपनि यसका गीत भने एकदमै चर्चित छन्। आट आट ओ साईबाउ भन्ने गीत निकै चर्चा कमाइरहेको गीत हो।