बझाङ, २२ फागुन / बझाङ जिल्ला पत्रकार महासंघ का उपाध्यक्ष सम्राट सिंहले जग्गा खरिद गर्नको लागि आज बालमन्दिर आधारभूत विद्यायलाई ५० हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन्। सिंहले वाल्यकालमा अध्ययन गरेको विद्यालयलाई आज आर्थिक सहयोग गर्न पाउदा आफु निकै खुसी भएको बताए।
लामो समय देखि जिल्ला मा बसेर पत्रकारीता गरिरहनु भएका सिंहले अहिले निमार्ण ब्यबसायिक समेत रहेका छन्। पत्रकारीता पेशासँगै समाज सेवामा पनि सिंह निरन्तर सक्रियता देखाउँदै आएका छन। बझाङ जिल्लामा गएको भुकम्पले भत्काएको विद्यालयको भवन निर्माण गर्न सिहले आफुले सक्दो सहयोग गरेको बताए।
आपनो बुबा आमाको मन शान्ति गर्ने र आफुले अ आ क ख पढेको विद्यालयलाई आज आफ्नो बुवाको हातबाट आर्थिक सहयोग गर्न पाउँदा खुसीलागेको बताउनुभयो। युवा वर्गका लोकप्रीय समाजसेवी सिहले यो भन्दा पहिला पनि धेरै ठाउँहरूमा आर्थिक सहयोग गरेका छन्।
यो विद्यालयमा अहिले ६ सय भन्दा बढि विद्यार्थी रहेका बिधालयका प्र.अ. टेक बहादुर सिंहले बताए । जिल्लाका विभिन्न पालिकाबाट यस विद्यालय अध्ययन गर्न विद्यार्थी आउने गरेका छन्।
यो विद्यालयमा विद्यार्थीको संस्ख्या धेरै भएकाले जग्गाको आवश्यकता रहेकाले अहिले बिद्यालय बाट सहयोग को अपिल गरेर सहयोग संकलन अभियान गरिरहेका छौँ र अब छिट्टै जग्गा खरिद गरेर विद्यालय निर्माण गर्न विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर बिष्टले बताएका छन्।