धनगढी , २० फागुन / कैलालीको गोदावरी नगरपालिका ७ मा रहेको श्रीपुर खानेपानी सरसफाई तथा उपभोक्ता समितिमा स्वतन्त्र युवा समूह विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा दिर्घबहादुर साउँद निर्वाचित भएका छन् । उनले ४१६ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस-एमालेका संयुक्त उम्मेदवार चन्द्र बहादुर शाही ले ३४८ मत पाएर पराजित बने । यस्तै सचिवमा स्वतन्त्र युवा समुहका खेमराज ओझा ४ सय मत पाएर निर्बाचित भएका छन्
उनका निकटतम प्रतिस्पर्धी गठबन्धन का उम्मेदवार गणेश सिँ साउँद ले ३६३ मत पाएर पराजित भएका छन् । कोषाध्यक्ष मा भने शाही समुह का खगेन्द्र पनेरू ३९४ मत पाएर बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी युबा समूह का महानन्द भट्ट ले ३५७ मत मात्रै पाए । सदस्यमा शेखर पनेरु, घनश्याम जोशी, मेघराज फुलारा, सुशील राज उपाध्याय र नन्दा देबि साउँद निर्बाचित भएका छन् ।
शनिबार सप्पन्न निर्बाचन मा ८१७ मत खसेको थियो । अध्यक्ष मा पराजित शाही कांग्रेसका पुराना नेता हुन । उनलाई काँग्रेस-एमालेले समर्थन गरेको थियो । साँउद दलीय हिसाबमा स्वतन्त्र युवा हुन ।