धनगढी, १८ फागुन/ कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अनसनलाई निरन्तरता दिएका छन्। क्याम्पस प्रशासनले माग सम्वोधन गर्न कुनै चाँसो नदेखाए पछि अनसनलाई निरन्तरता दिएको अनसनको नेतृत्व गरेका विद्यार्थी तेज जङ् मल्लले बताए।
क्याम्पसले हाम्रा माग प्रति गम्भिर नभए छिट्टै आमरण अनशन बस्ने समेत जानकारी दिएका छन्।
विद्यार्थीले अनसन बस्नुपर्ने वातावरण किन ? 1.कैलाली बहुमुखी क्याम्पसमा विगत झन्डै ३ बर्ष यता सानातिना बिद्यार्थीसंग प्रत्यक्ष सरोकार राख्ने बिषमा क्याम्पस प्रशासनले नजर अन्दाज गर्दै आयो ।
2. कैलाली बहुमुखी क्याम्पस एक सामुदायिक क्याम्पसबाट सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हुनु र आंगिक क्याम्पस भईसकेपछि क्याम्पसमा बिभिन्न नयाँ-नयाँ कार्यक्रम (BA LLB, IT, फोरेष्टी) लगायतका प्राविधिक सङ्कायमा अध्यापन गराउने अनुमति पाउनु हामी मात्रै नभएर सुदुर पश्चिमबासीका लागी गौरवको कुरा हो । तर संक्रमणकालिन अवस्थामा रहेको क्याम्पस लाई सहि तरिकाले व्यवस्थापन गर्न प्रशासन र सम्बद्ध निकायको उदासीनताका कारण ।
3. बिद्यार्थीका सामान्य समस्यालाई समाधान गर्न लिखित मौखिक रुपमा पटकपटक माग राख्दै गर्दा आलटाल गर्ने प्रवृत्तिका कारण ।
4. अध्ययन अध्यापनको गुणस्तर खस्की बिद्यार्थीको उत्तीर्ण हुने दर दिन प्रतिदिन घट्दै जादा यहाँसम्म की केही केही सङ्काय र कार्यक्रमको रिजल्ट शन्यमा झर्दा समेत यस बिषयमा कुनै प्रकारको समीक्षा र समाधान नगरिनु ।
5. बिभिन्न सङ्कायमा शिक्षक अभावका समस्या ( जस्तै कानुन सङ्कायमा अभाव हुदा कार्यक्रम नै केन्द्रिय क्याम्पसमा मर्ज हुने अवस्था आएको छ ) यो समस्या समाधानमा कुनै प्रकारको तदारुकतानदेखानु ।
6. सानातिना बिषयमा समेत बिश्वबिद्यालयलाई देखाउदै फञ्छिने गरेका कारण ।
7. पाठ्यपुस्तक र सिलेबस अन्तर्गत सेमेष्टर सिस्टमलाई प्रभावकारी मनाउन नसक्दा । पुस्तकालयमा पाठ्यपुस्तकको ब्यवस्था गर्नुपर्ने माग जति उठेपनि दुई तिन दिनमा समाधान गर्छु भन्ने तर त्यो समाधान गर्न कुनै पनी चासो नदेखाइएको र पाँच महिना एउटा symbol, सिलेवस पढाइ हुने तर सेमेष्टर को परीक्षा आउनु एक महिना अगाडि त्यो परिवर्तन गरेको पाइला समेत क्याम्पसले कुनै पहल नगर्दा।
8. कैलाली क्याम्पसमा बिद्यार्थीका समस्या समाधानका लागी भएका प्रत्यक आन्दोलनका सहमतिलाई कार्यान्वयनमा नलग्नु ।
9. कार्यविधि मिचेर बिभिन्न प्रकारका क्लब गठन गरि ति क्लबहरूमा राजनीति करण गरिनु । बिद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मा केही सीमित व्यक्तिको सिन्डिकेट हुदा समेत त्यसको नियमन गर्नुको साटो जिम्मेवार ब्यक्तिनै बचाउमा लाग्नु ।
10. रह्यो स्ववियु छदाछदै किन विद्यार्थी नै आन्दोलनमा उत्रिनु पर्यो भन्ने कुरा बिद्यार्थीका समस्याका बिषयमा स्ववियुका साथीसँग निरन्तर सम्वादमा थियो तर क्याम्पसले नै स्ववियुलाई वैधानिक नमानेको र कुनै पनि मुद्दामा सुनुवाइ नभएको भन्ने उत्तर आएपछि हामी विद्यार्थीले नै आन्दोलनमा उत्रिनु परेको अनसन संयोजक विद्यार्थी मल्ले बताए।