कैलाली , १६ फागुन / कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्यका लागि आफू निर्वाचित भएर आए लगत्तै दिनरान नभनेर लागेको बताए ।
चौकीडाँडा सामुदायिक वनमा निर्माण भईरहेको केन्द्रका लागि काचा रुख काट्ने देखि अहिले सम्म निरन्तर लागेको बुधबार फोहोर ब्यावस्थापन पोखरीमा बिछ्याउने कार्यक्रमको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
यसलाई निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याई सकेपछि फोहोरको बर्गाीकरण गरेर नगरलाई सफा स्वच्छ गर्न सफल हुने उनले बताए । ‘पुनः प्रयोग हुने फोहोर देखि दिसाजन्य बस्तुलाई व्यवस्थापन गर्ने छौँ’, उनले भने । ‘निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यस आर्थिक बर्ष भित्र नै सञ्चालनमा ल्याउने छौँ ।’एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना धनगढी मार्फत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ।
कैलालीको गोदावरी नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि वडा नम्बर ३ मा रहेको चौकीडाँडा सामुदायीक वन भित्रको क्षेत्रमा निर्माण कार्य भै रहेको छ । जसमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनिया कम्पनी संग ४५ करोड ७४ लाख बढी रकम ९भ्याट बाहेक० मा ठेक्का सम्झौता भई काम अन्तिम चरणमा पुगेको छ ।
सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्सका कन्ट्याक्ट म्यानेजर नारायण रिजालका अनुसार संरचना बनाउने काम र नयाँ ईन्टलको काम सकाएर एक्सिस रोडलाई ग्राभेल गरी कालोपत्रे गर्ने तयारीमा छौ । समष्टिगत रुपमा कन्सन्ट्रक्सको काम ८० प्रतिशत सकाई सकेको र निर्माण सम्पन्न मितिको सिमा भित्र नै काम सम्पन्न गर्ने लक्ष्य सहित दुर्त रुपमा काम अगाढी बढीरहेको जानकारी दिएका छन ।
परियोजनाका म्यानेजर रिजालका अनुसार उक्त संरचना ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको जनाइएको छ ।फोहोर प्रशोधन केन्द्र निर्माण भएपछि कुहिने र नकुहिने फोहोरलाई छुट्याई मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ ।
यसै फोहरबाट नै प्राङ्गारीक मल उत्पादन गरिने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि गोदावरी नगरपालिका क्षेत्रभित्र रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ ।
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो ।