धनगढी, १५ फागुन / कैलालीको धनगढी घर भएकी पूजा विष्ट १० दिनदेखि सम्पर्क विहिन भएकी छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाँडी स्थित शिवनगर टोलकी उनि यहीँ फागुन ६ गतेबाट सम्पर्क विहिन भएको आमा हरुदेबी विष्टले बताएकी छन्।
श्रीमानले बेवास्ता गरेर माइती घरमा बस्दै आएकी पुजा एकाएक घरबाटै हराएको भन्दै उनकी आमाले खोजीकार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छन्। पछिल्लो केहि समययता पुजाको मानसिक अवस्था समेत विग्रदै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना समेत गरिएको थियो । पुजाको साढे तीन वर्षको छोरा रहेका छन् ।
घरकी एक्ली छोरी पुजा त्यसमाथि औषधि खाइराख्नुपर्ने अवस्थामा घरबाटै गायब भएपछि सानो नातीलाई सम्माल्नै समस्या भइरहेको आमा हरुदेबीको दुखेसो छ । पुजालाई कहिँकतै फेला परेमा ९७६९८३९८३८ मा सम्पर्क गरी सहयोग गरिदिन हुन आफन्तले अनुरोध गरेका छन्।