धनगढी,१४ फागुन / बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–६ का ५५ वर्षीय काले थापा मृत भेटिएका छन् ।
थापाको शव बेवारिसे अवस्थामा फेला परेको र घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।