• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आर्थिक वर्ष ०८१/ ०८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

काडमान्डौं, १४ फागुन / अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ । आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/ ०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

यसअघि बर्खे अर्थात् बजेट अधिवेशनमा मात्रै पेस हुने प्रस्ताव यस वर्ष हिउँदे अधिवेशनमै पेस भएको हो । बजेट निर्माणका लागि सांसदहरूको सुझावलाई समेट्न सरकारले बजेट ल्याउनु तीन महिनाअघि नै प्रि–बजेट प्रस्ताव संसदमा पेस गरेको हो । यसका लागि सरकारले अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको थियो ।

संसदमा पेस भएको प्रि–बजेट प्रस्तावमाथि यही फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको संसद् बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । सरकारले आउँदो आर्थिक वर्षमा कुन–कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको प्रि– बजेट प्रस्तावमा उल्लेख छ ।

अघिल्ला वर्षहरूमा बजेट तयार भइसकेपछि सांसदहरूले संसदमा प्रि–बजेट छलफल गर्दै आएका थिए । उनीहरूले राखेका विषय बजेटमा नराखिएको भन्दै विरोध हुने गरेको थियो । बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा संसदमा छलफल हुने र तिनमा सांसदहरूले गरेका छलफललाई पनि समेटेर बजेट निर्माण गर्ने सरकारले जनाएको छ ।

संविधानमा भएका मौलिक हक कार्यान्वयन, राज्यका निर्देशक सिद्धान्त, १६ औँ योजनामा प्रस्ताव गरिएका नीति र दुई वर्षपछि नेपाल विकासशील देशमा स्तरोन्नति हुँदा लिनुपर्ने रणनीति तथा सन् २०३० मा पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यलाई ध्यान दिएर आउँदो वर्षको बजेट तयार पारिने अर्थमन्त्री महतले उल्लेख गरेका छन् ।

दिगो र समावेशी आर्थिक वृद्धि, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, सार्वजनिक खर्चलाई मितव्ययी र औचित्यपूर्ण बनाउने, पूर्वतयारी भएका आयोजनालाई मात्र अघि बढाउने, प्राथमिकता प्राप्त आयोजनामा बजेट अभाव हुन नदिने, वैदेशिक अनुदान र ऋणलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने लगायतका विषय सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

यस्तै सामाजिक न्याय, सामाजिक क्षेत्रको विकास, निजी क्षेत्र र लगानी प्रवर्द्धन, सङ्घीयता र सुशासन प्रवर्द्धन, जलविद्युतको विकास, कृषि क्षेत्रको आधुनिकीकरण, मल बिउ कृषि औजार र उत्पादनको बजार सुनिश्चित लगायतका विषय पनि उल्लेख छ ।

पर्यटन क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पूर्वाधार विकास, हरित तथा उत्थानशील विकास र विपद् व्यवस्थापन, युवाशक्तिलाई देशमै रोजगारी लगायतका सिद्धान्त र प्राथमिकता पनि अर्थमन्त्री महतले प्रतिनिधि सभामा पेस गर्नुभएको छ ।

सोमबार, फागुन १४, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.