काठमाण्डौ, १४ फागुन / लघुवित्त ऋणीहरुले संसद् भवन भित्रै पसेर प्रदर्शन गरेका छन् । सरकारले तोकेको संघीय संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न गएका ऋणीहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेका थिए ।
उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर विरोध जनाएका हुन् । गेटमा एकैपटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । उनीहरु गेट धकेलेर भित्र छिरेका थिए ।