धनगढी,१२ फागुन / भारतको दुधुवा नेसनल पार्कमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीको धनगढीका २ जना घाइते भएका छन् । से ३ प २८१९ नम्बरको मोटरसाइकलमा पलिया जाँदै गरेका फूलबारीका रामकुमार चौधरी र बमबहादुर डगौरा घाइते भएका हुन ।
शनिबार बीच जंगलमा दुर्घटना हुँदा घाइते भएका दुवैजनालाई उपचारका लागि पलिया लगिएको जनाइएको छ ।