धनगढी , ११ फागुन / महाशिवरात्रिको अवसरमा धनगढी १६ मा रहेको बेहडाबाबा मन्दिरमा बृहत दीप प्रज्वलन गरिने भएको छ। बेहडाबाबा फाउण्डेशन नेपालले शिवरात्रीको अवसरमा २ करोड २५ लाख दीप प्रज्वलन गर्ने भएको हो ।
सुदूरपश्चिम प्रदेशकै आस्थाको केन्द्रमा रहेको बेहडाबाबा मन्दिर परिसरमा सुदूरपश्चिकै बृहत दीप प्रज्वलन गरिने भएको हो । करिव २ सय जनाले गर्ने दीप प्रज्वलनमा १ भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष पदमराज जोशीले बताए।
शिवरात्रिमा यो वर्ष बेहडाबाबा मन्दिरको करिव ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान फाउण्डेशनले गरेको छ।
शिवरात्रीको अवसरमा गरिने दीप प्रज्वलन कार्यक्रममा सबै भक्तजनले सहभागी भै दिन हुन पनि अनुरोध गरेका छन् ।