• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस महासमिति बैठक : जिल्ला सभापतिहरूकाे भनाइ यस्तो छ  

ललितपुर ९ फागुन/ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेसको महासमिति बैठक जारी छ।बुधबारको बैठकमा विभिन्न प्रस्तावहरूमाथि केन्द्रित रहेर महासमिति सदस्यहरूले सुझावसहित धारणा राखिरहेका छन्।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता प्रकाशशरण महत, लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेका प्रस्तावमाथि महासमिति सदस्यहरूले सुझाव दिएका छन्।महासमितिमा बोल्दै चितवन कांग्रेस सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकार र पार्टीबीच पनि समन्वय हुनुपर्ने बताए।

‘राजनीतिलाई विकाससँग जोडौं। शिक्षा, रोजगारी र कृषिलाई सँगै लैजाँदा जनशक्ति व्यवस्थापन पनि सजिलो हुन्छ,’ उनले भने, ‘सरकार र पार्टीबीच पनि समन्वय बढाउनुपर्ने हुन्छ।’कांग्रेस स्याङ्जा सभापति राजु थापाले संघीयताबारे कुरा राखे। ‘जनताले संघीयता महँगो भयो भन्ने गुनासो गरेका छन्,’ उनले भने। फरक प्रसंगमा उनले सत्ता गठबन्धन तोड्ने प्रयासमा नेकपा एमाले रहेको दाबी गर्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए।

धनकुटा कांग्रेस सभापति दिनेश राईले कोशीमा विकासका मुद्दा अघि बढ्न नसकेको बताए। उनले कोशी प्रदेश नामाकरणको विषय पनि पेचिलो बनेको भन्दै ‘राजनीतिक दलले खुलेर कार्यक्रम गर्न पनि नपाएको’ बताएका छन्। कोशी नामाकरणका विषयमा समाधान महासमितिबाट नदिए कांग्रेस कोशीका १४ जिल्ला सभापति छलफल गरेर निष्कर्षमा पुगिने बताए।

मोरङ कांग्रेस सभापतिसमेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले महासमिति बैठकले गर्ने निर्णय केन्द्रीय समितिले उल्टाउन नहुनेमा ध्यानाकर्षण गराएका थिए। ‘क्रियाशील सदस्यता वितरणको अधिकार जिल्लालाई दिनुपर्छ,’ उनले भने।सुनसरी कांग्रेस सभापति केदार भण्डारीले पनि कोशी नामाकरणको विषयमा पार्टीले कुरा प्रष्ट पारेर जानुपर्ने बताए। झापा सभापति देउमान थेबेले अहिले नै गठबन्धन तोड्न नहुने बताएका थिए। गठबन्धनकै कारण संघ र प्रदेश सरकारमा पार्टी रहेको उनको भनाइ छ।

कैलाली सभापति नारायणदत्त भट्टले विधानअनुसार नै महाधिवेशन हुनुपर्ने बताए। उनले पार्टीका प्रदेश समितिलाई सक्रिय बनाएर गाउँ-गाउँमा खटाउनुपर्ने बताए।‘सकेसम्म महाधिवेशन ०८२ मै गरिनुपर्छ। प्रदेशका नेताहरूलाई सक्रिय बनाएर गाउँमा परिचालन गर्नुपर्योा,’ उनले भने। सर्लाही सभापति सुरेन्द्र सिंहले विधानको पालना गरिनुपर्ने र गुट तथा उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए।

धनुषा सभापति योगेन्द्र पंजियारले नयाँ मानिसलाई क्रियाशील सदस्य बनाउनुपर्ने बताए। ‘अब गठबन्धन गर्न हुन्न, गठबन्धन गर्दा मधेशमा कांग्रेस कमजोर भयो,’ उनले भने।हुम्ला कांग्रेस सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउनुपर्ने बताए। ‘केन्द्रीय सभापति र नेताहरू पनि वडाबाटै निर्वाचित भएर आउनुपर्छ। स्वत: भाग लिन पाउने व्यवस्था हटाउनुपर्छ,’ उनले भने।

ललितपुर सभापति जितेन्द्र श्रेष्ठले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने बताए। अहिलेको गठबन्धन नभएको भए कांग्रेसमा निराशा थप बढ्ने उनको दाबी थियो।उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई युवासँग जोडेर लैजान पार्टीले पहल गर्नुपर्ने बताए।

कांग्रेसका गोरखा सभापति नन्दप्रसाद न्यौपानेले कांग्रेस आफ्नै खुट्टामा उभिन नसकेको बताए। ‘गठबन्धन दलको विचार नमिलेका कारण गोरखामा समस्या भएको छ। कांग्रेसको आफ्नै विचार र सिद्धान्त छ, यसमा अडिग रहनुपर्छ,’ उनले भने।मकवानपुर कांग्रेस सभापति बुद्ध लामाले भ्रष्टाचार अन्त्यका लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए। ‘भ्रष्टाचार रोक्न र विकासका लागि कांग्रेसले नै पहल लिनुपर्छ,’ उनले भने।

कांग्रेस बागलुङ सभापति जित शेरचनले जनता र कार्यकर्तामा देखिएको निराशा चिर्नुपर्ने बताए। ‘जनतामा देखिएको निराशालाई चिर्ने काम कांग्रेसकै हो,’ उनले भने।काभ्रे सभापति तीर्थ लामाले केन्द्रीय समिति र पदाधिकारीहरू सक्षम हुँदाहुँदै पनि विचारमा एक नदेखिएको बताए। उनले बैठकमै नआउने नेतालाई के गर्ने भन्ने प्रश्न पनि गरेका छन्।

म्याग्दी सभापति खमबहादुर गर्बुजाले शीर्ष नेताहरू एक ठाउँमा हुन जरुरी भएको बताए। उनले आफ्नो जिल्लामा गठबन्धन नगरी जित्ने अवस्था नरहेको भन्दै संगठन सुधार गर्नुपर्ने बताए।तनहुँ सभापति जितप्रकाश आले युवा पलायन बढेकोमा स्थानीय तहमा पार्टी संरचनामा राख्ने योग्य मान्छे नै नपाउने स्थिति देखिएको बताए। ‘युवा जति विदेश गए। वडामा पार्टीमा राख्ने योग्य र क्षमता भएका युवा नै पाइन्न,’ उनले भने।

सुर्खेतका कार्यबाहक सभापति टोपबहादुर रावतले कांग्रेसको नीति सहकार्यको भएको बताए।  ‘चुनौती समाधान गर्न बनाइएको गठबन्धन हो। संविधानको रक्षा गर्न कर्णालीबाट सुरु भएको गठबन्धनले कांग्रेस बलियो भएको छ,’ उनको दाबी छ।कालिकोटका सभापति अम्बबहादुर शाहीले गठबन्धन गर्दा स्थानीय, जिल्लालाई जिम्मा दिनुपर्ने र केन्द्रले लाद्न नहुने बताए। तर जुम्ला सभापति कर्णबहादुर शाहीले गठबन्धन कसका लागि गर्ने भन्ने प्रश्न गरेका थिए।

मुगुका सभापति ऐनबहादुर शाहीले द्वन्द्वपीडित र सहिदका परिवारलाई पार्टीले वडादेखि आरक्षण दिनुपर्ने बताए।डोल्पा सभापति पूर्ण शाहीले कांग्रेसमा अनुशासनको समस्या भएको र नेता कार्यकताले जे मन लाग्यो त्यही गर्न नहुने बताए। डडेल्धुराका सभापति भीमबहादुर साउदले गठबन्धन परिस्थितिले निम्त्याउने कुरा भएकोले अहिले नीतिमा हाल्न आवश्यक नभएको बताए।

बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.