धनगढी, ८ फागुन / राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिमले ६३ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार धनगढीमा “सुशासन र समृद्धिका लागि रासस” विषयक अन्तरक्रिया कार्यक्रम गर्दै राससले वार्षिकोत्सव मनाएको हो ।
रासस सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टको अध्यक्षतामा र सुदूरपश्चिम प्रदेश सभाका सभामुख भिमबहादुर भण्डारीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
समारोहमा सुदूरपश्चिम वन तथा वातावरण मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य प्रकाश बम र कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको विशिष्ट आतिथ्यता समेत रहेको थियो ।
उक्त समारोहको सञ्चालन राससकी घोडाघोडी संवाददाता इन्दु केसीले गरेकी थिइन् ।