धनगढी , ६ फागुन / गोदावरी नगरपालिका वडा नम्बर ६, ७ र ८ मा जग्गा नापीको काम सुरु भएको छ ।नगरपालिकाले वडा नम्बर ६ लालपुरबाट अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो ।
यस क्षेत्र सँगै वडा न ७ र ८ का श्रीपुर, जमुनानगर, मझगाँउ, जोनापुर, बढ्याहा , स्याउले लगायतका ठाउँहरुमा आज देखि नै जग्गाको नापजाच गर्ने काम सुरु भएको जानकारी अमिन रघुनाथ जोशीले बताए ।

जग्गा नाप जाँचकालागि ८ जनाको टोली खटिएको नापी शाखाका सर्वेक्षक विनोद पनेरुले बताएका छन् । सबै क्षेत्रमा यसै महिना भित्र सक्काउने लक्ष्यका साथ अगाढी बढेको जानकारी समेत बताएका छन । यसअघि वडा नम्बर ५ सम्म नापीको काम सकिएको नगरपालिकाले जनाएको छ । हाल क्युव इन्फो कम्पनीले जग्गा नापीको काम गर्ने जिम्मा पाएको हो ।
जग्गा नाप जाँच कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, वडा १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, जग्गा नाप जाँच टोलीका संयोजक लोक बहादुर खड्का, प्राबिधिक टिम लगायत स्थानिय जनाको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सभापतित्व वडा न. ६ का वडा अध्यक्ष जगुराम चौधरीले गरेका थिए भने कार्यक्रम संचालन अमिन दिपेन्द्र पन्तले गरेका हुन ।