धनगढी ,५ फागुन / नेपाल रेडक्रस सोसाइटी धनगढी उपशाखाको २०औं साधारण सभा सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी धनगढीको उपशाखा भवन धनगढी-८, नवदुर्गा उक्त साधारण सभा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य उत्तम जोशी रहेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सभापति ओम प्रकाश पाण्डेयको अध्यक्षता रहेको थियो ।त्यस्तै कार्यक्रममा रेडक्रस जिल्ला शाखा सभापती वासुदेव बिनाडी, वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी, गेटा अस्पतालका डाक्टरद्वय डा. गणेश फुलारा र मेडिकल अफिसर नविन बोहराको विशिष्ट आतिथ्यता रहेको थियो
उक्त कार्यक्रममा नेपाल चिकित्सक संघ, सुदुरपश्चिम प्रदेशको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । शिविरमा आएर करीब ६० जनाले स्वास्थ्य परामर्श लिनुका साथै चेकजाँच गराएको आयोजकले जनाएको छ ।