धनगढी, ५ फागुन / धनगढी ४ रातोपुल नजिक हालै सञ्चालनमा आएको अनाया एनुकेशनले नव आगन्तुक विद्यार्थीलाई २५ प्रतिशत छुटमा भर्ना गरिरहेको छ । अनायामा पढाइ हुने जुनसुकै बिषयमा भर्ना भए पनि यहीँ फागुन १५ भित्र भर्ना हुन आउनेलाई छुट गरिने अनाया एजुकेशनकी सञ्चालक रुष्मा भूलले बताइन् ।

अनायामा अंग्रेजी भाषाका बेसिक, एडभान्स कक्षा, कानुनका विद्यार्थीका लागि इन्ट्रान्स कक्षा , व्यक्तित्व सीप विकासका कक्षा , कम्युटर सिक्नेका लागि बेसिक देखि डिप्लोमा सम्मका कक्षा , मन्टेश्वरी तालिम , लेखाइ सीपका कक्षा , ब्रिज कार्सका साथै अन्य कक्षा सञ्चालनमा रहेका छन ।

शिक्षा क्षेत्रमा १० बर्ष देखि अनुभव बोकेका शिक्षकबाट पढाइनुका साथै पारिवारिक वातावरणमा र एकै घरका तीन जना भर्ना हुन आएमा एकलाई सत प्रतिशत छुटमा पढाइने एजुकेशनकी सञ्चालकले बताइन् ।

शिक्षा क्षेत्रमा नयाँ खोजमूलक अनुसन्धान गर्न र विद्यार्थीलाई रोजगारमूक शिक्षाको मार्ग देखाउने उद्देश्यले अनाया एजुकेशन सञ्चालनमा आएको सञ्चालकले बताइन् ।