धनगढी,४ फागुन / धनगढीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ का ३४ वर्षीय गोरे भन्ने रवि शर्मा पक्राउ परेका हुन् ।
जिल्ला अदालत कैलालीले लागुऔषध मुद्दामा ४ महिना १९ दिन कैद सजाय सुनाएपछि फरार रहेका उनलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको टोलीले बिहीवार पक्राउ गरेको बताइएको छ ।