अछाम, ३ फागुन / अछाममा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित बजारबाट प्रिगाबालिन लेखेको लागूऔषध ५ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका–४ बस्ने २० वर्षीय जिवन भुललाई बुधवार दिउँसो पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त लागू औषध फेला पारी दुबैलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको छ।