धनगढी, ३ फागुन/महेन्द्रनगरबाट काठमाण्डौ गैरहेको कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटना भएकोे हो महेन्द्रनगरबाट महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरेका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ।
सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन बस बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटा देखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको उद्धारमा आफै खटेका प्रहरी उपरिक्षक नवरत्न पौडेलले घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएको जानकारी दिए।घाईतेको उद्धार कार्यकालागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको छन। घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य के्रन्द्रमा उपचार केन्द्रमा लगाीएको छ।
३३ जना उद्धार गरिएको त्यसमध्ये ९ जनालाई थप बुटवल स्थित चौराहा अस्पतालमा उपचारकालागि पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए। मृतक र घाईतेको अझै नाम नखुलेको प्रहरी उपरिक्षक पौडेलले बताए। बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए।