आज प्रेम दिवस ,
बोल्ने मन थियो,
मनका कुराहरु खोल्ने मन थियो!
भेट भएन नि हाम्रो खोज्न त
कति खोजे फेसबुकमा ,टिकटकमा,
तिम्रो नाम सर्च गरे जताततै
कतै भेटिएनन् तिम्रा तस्बिरहरु
“सुन्न मन थियो थियो तिम्रो बोली,
हेर्न मन थियो,
तिम्रो आँखामाबस्न मन थियो
तिम्रो मुटुको कुनामा,
आज फेरि प्रेम दिवस आयो ,
मलाइ तिम्रो याद आयो!
तिम्रो न्यानो काख बिर्सेको छैन !
तिम्रा ती चक्लेटी ओठ
“कहाँ छेउ तिमी ,
को संग छेउ तिमी थाहाछैन केही पनि
“बस मलाइ तिमी संग घुम्ने रहर छ !
डाँडापाखा अनि गर्न मन छ
तिमी संगैपानी पधेरोअनि संगै बसेर
मिठा मिठा प्रेमका बातगर्न मन छ,
भन्न मन छ तिम्रैन्यानो
अंगालोमा बाँधिएरसंगै
बाच्न मन छसंगै मर्न मन छ!
म तिम्रै हुन पाउ सयौं
जुनिसमाउन पाउ तिम्रै हात ,
पाइरहुँ तिम्रो साथ ,
अनि बिताउन पाउ
बाचुन्जेल तिमी संगै रात!
आज प्रेम दिवससम्झेको छु !
लेखेको दुई शब्द तिम्रो नाममा
आउनु समीप मा “मधु ~ माया
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी