दार्चुला, १ फागुन / दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको शैल्यशिखबर नगरपालिका–६ पुनेकोट स्थित सिँचाईका लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको चितुवालाई चौलानी सव–डिभिजन कार्यालय गोकुलेश्वर कार्यालयको जिम्मा लगाइएको छ ।
