धनगढी,२६ माघ / कैलालीको गोदावरी नगरपालिका–४ फूलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँको भट्टीखेडामा मृत फेला पारेका हुन् ।
बिहीवारदेखि बेपत्ता रहेका उनलाई प्रहरीले आज बिहान मृत अवस्थामा फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।