लवदेव धामी
धनगढी, २० माघ / धनगढीमा प्रथम कानुनी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार १०: ३० बजे देखी धनगढीको जन पुस्तकालयको सभाहलमा प्रतियोगिता गरिएको हो।
बोलन्या थलिको आयोजनामा अमेरिकी कर्नर धनगढीको सहकार्य तथा डेनोभ इन्स्टिच्युटको प्रायोजकत्वमा प्रतियोगिता गरिएको छ । यस्तो कानुनी हाजिरीजवाफ प्रतियोगिता सुदूरपश्चिम मै पहिलोपटक गरिएको आयोजकले बताए।
१० वटा समुहको सहभागी भएको कानुनी हाजिरीजवाफ प्रतियोगितामा प्रथम एसपिए ‘ए’ ,द्वितीय सिसिएस प्लस टू, तृतीय एक्सीस पल्स टु ,र सान्त्वना एसपिए ‘बि’ भएको आयोजकले बताए।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने समूहलाई मेडल प्रमाणपत्र सहित सुदूरपश्चिम ऐन संग्रह नामक पुस्तक वितरण गरिएको आयोजनाका संयोजक प्रविन चन्दले बताए ।
प्रतियोगिताको औपचारिक सत्रको सभापतित्वमा कानुन संकायमा अध्यनरत विद्यार्थी बम बहादुर विश्वकर्मा र प्रमुख आतिथ्यतामा कैलाली बार एसोसिएसनका अध्यक्ष इन्द्र प्रसाद लेखक रहनुभएको थियो।