धनगढी, १८ माघ/नृत्य प्रशिक्षक तथा मोडेल पुष्पा बडैलाले जन्मदिनको अबसरमा दृष्टी फाउण्डेसनमा खाद्यान्न सहयोग गरेकीछन् । माघ १८ गते बडैलालले आफ्नो जन्मदिनको अबसर पारेर फाउण्डेसनमा सहयोग गरेर जन्मदिन मनाएकी हुन् । उनले दाल, चामल, तरकारी र फलफुल सहयोग गरेकी हुन् ।
जन्मदिनमा भड्कीलो पार्टी दिएर रमाईलो भन्दा पनि असाहयलाई सहयोग गरेर मनाएको बडैलाले बताईन् । एकदिनको पार्टीको खर्च कटाएर दिएको सहयोगले निकै आत्मसन्तुष्टी भएको छ । जन्मदिन मनाएर फाउण्डेसलाई सहयोग गरेकोमा अध्यक्ष कल्पना भट्टले धन्यवाद दिदै स्वागत समेत गरेकी थिईन् ।
पुष्पा कैलालीको गोदावरीको वडा नम्बर १२मा बुवा टेकबहादुर बडैला र आमा कल्पनादेबि बडैलाको काख बाट जन्मिएकी हुन् । बाल्यकाल समयमै धेरै संघर्ष गर्दै आएकी बडैलाको रुची नृत्यमा भएकाले अहिले उनी नृत्य स्कुल सजल नृत्य कला केन्द्र स्थापना गरेर प्रशिक्षण दिदै आईरहेकी छन् । बडैलाले केही गितको म्युजिक भिडियोमा मोडलिङ्ग पनि गरेकी छिन् ।