लवदेव धामी
धनगढी, १७ माघ/ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको एक महिने शौक्षिक अभियान सञ्चालनमा रहेकाे छ। एक महिने राष्ट्रब्यापी शौक्षिक अभियानलाई सफल पार्न धनगढीमा रहेका एश्वर्या बहुमुखी क्याम्पसमा र कैलाली बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम गरिएको प्राज्ञिक विद्यार्थी परिषद्का कैलाली जिल्ला विस्तारक प्रेम बोहोराले बताए।
विद्यार्थी परिषद्ले देशकाे समग्र शिक्षा सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानलाई लिएर विश्वविद्यालयका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरेको धनगढी नगर छात्रा प्रमुख सुनिता भट्टले बताइन्।

ठिक गर्छौं तीन काम प्रवेश परीक्षा परिणाम भन्ने ध्येयले अगाडी बढेको विद्यार्थी परिषद्ले गरि रहेका कामबारे अन्तरक्रियामा सहभागी विद्यार्थीहरुलाई जानकारी गराएको बताए। युवा विद्यार्थीहरुले आम शिक्षा क्षेत्र सुधारका लागि खेल्नु पर्ने भुमिकाका बारेमा समेत प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव रमेश कंडेल ज्युले जानकारी गराएको विद्यार्थी परिषद्का प्रदेश सह-संगठन सचिव मणिराम चौलागाईंले बताए।
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा र कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरिएको हो । अन्तरक्रियामा परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कंडेल, राष्ट्रिय सचिव दिवस पोखरेल , नगर सचिव गौरव भट्ट प्रदेश सह-संगठन सचिव मणिराम चौलागाई लगायत अन्य कार्यकर्ता र विद्यार्थीहरूको सहभागीतामा सम्पन्न भएको थियोे।
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रब्यापी शौक्षिक अभियान माघ महिनामा देशै भरि विभिन्न कार्यक्रम गरि गरिदै छ।