लवदेव धामी
धनगढी, १६ माघ / आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको शहिद दिवसको अवसरमा धनगढीको नाष्ट कलेजका विद्यार्थीहरुले दिपप्रज्वलन गरेको छ। धनगढी शहिद गेट अगाडि दिपप्रज्वलन गरको नाष्ट कलेज एस क्यु सी का सचिव नवीन पन्तले बताए।
देशको लागि ज्यूज्यान दिने शहिद प्रति सम्मान प्रकट गर्न शहिद दिवसको अवसरमा नाष्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि दिपप्रज्वलन गरेको नाष्ट एस क्यु सी सचिव पन्तले बताए।
शहिद कुनै पार्टीका नभएका र राष्ट्रको रक्षार्थ वीरगति प्राप्त गर्नेको सदैव सम्झना र सम्मान गर्नु हाम्रो कर्तव्य पनि रहको नाष्ट एस क्यु सी का पदाधिकारीहरुले बताए।