लवदेव धामी/धनगढी, १६ माघ /आज देशभर विभिन्न कार्यक्रम गरि शहिद दिवस मनाइएको छ। देशको रक्षार्थ वीरगति प्राप्त गर्ने सम्पुर्ण शहिदको सम्झनामा हरेक वर्ष माघ १६ मा शहिद दिवस मनाइने गरिन्छ ।
यस्तै बैतडी विद्यार्थी समाजको आयोजनामा पनि शहिद दिवस मनाइएको छ। धनगढीको शहिद गेटमा रहेको दशरथ चन्दको शालिकमा माल्यार्पण गरि मनाएको दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीका अध्यक्ष चेतन विक्रम चन्दले बताए ।
हरेक वर्ष शहिद दिवस विभिन्न कार्यक्रम गरि मनाउदै आइएको दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले यस वर्ष तयारी हुन नसकेकाले अन्य कार्यक्रम गर्न नसकिएको विद्यार्थी समाजकी सचिव ललिता ओझाले बताइन्।
यस वर्ष शहिद दिवसको अवसरमा वीर शहिद दशरथ चन्दको शालिकमा माल्यार्पण र दिपप्रज्वलन गरि शहिद प्रति सम्मान प्रकट गरिएको विद्यार्थी समाजका सह-सचिव राकेश मडैले बताए।
माघ १० गतेबाट शुरु हुने शहिद सप्ताह माघ १६ गते विभिन्न कार्यक्रम गरि देशभर व्यापक रूपमा मनाइन्छ ।