• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पाहुनाको रोजाइँमा थारू समुदायको रैथाने परिकार ढिक्री

धनगढी, १५ माघ / कैलाली जिल्लाको भादामा सञ्चालित थारू होमस्टे (घरबास) भ्रमणमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले थारू भाषामा ‘महिन आकुर सिन्किक् टिना देऊ’ (सिन्कीको तरकारी अझै दिनुहोस्) भने ।

थारू समुदायको रैथाने परिकार ढिक्री र सिन्की आफ्नो मन पर्ने परिकार भएकाले थपेर खाएको भनाइ उनको छ । थारू भाषा तथा संस्कृतिसँग चिरपरिचित मुख्यमन्त्री शाहका लागि थारू परिकार कुनै नौलो चिज थिएनन् ।

तर ढिक्री र सिन्की परिकारको स्वादको पारखी भएकाले थपेर खान करै लागेको उनले बताए । ढिक्री र सिन्की विशेष गरेर चाडपर्वका बेला बनाइने परिकार हुन । थारू होमस्टे भादामा यही परिकार सदाबहार र सबैको रोजाइमा पर्ने गरेको छ । होमस्टे पुगेका अधिकांश पाहुना तथा आगन्तुकको पहिलो रोजाइ तथा खुराक नै ढिक्री र आलु सिन्कीको तरकारी हुने गरेको बताइन्छ । नास्ताका रूपमा पनि ढिक्री र सिन्की खुवाइने गरिएको छ । चामलको पिठोबाट बनेको ढिक्री र गाउँमै उत्पादित आलुबाट बनेको सिन्कीको तरकारी अर्गानिक रहेको भादाका होमस्टे सञ्चालक बताउँछन् । पहिलो पटक भादा गाउँ पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राईले थारू समुदायको खानाको परिकार अन्य समुदायको भन्दा छुट्टै रहेको उल्लेख गरे ।

भादाका पर्यटन व्यवसायीले ढिक्री र सिन्कीलाई होमस्टेको ‘ब्रान्ड’ परिकारका रूपमा स्थापित गर्न खोजेका छन् । स्वदेशी वा विदेशी सबैलाई नास्ताकारूपमा थारू खानाको परिकार ढिक्री र सिन्कीको तरकारी दिने गरेको भादाकी पार्वती चौधरीले बताइन । ‘कहिलेकाहीँ अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी पनि आउने गर्छन्’, उनले भनिन्, ‘विद्यार्थीदेखि विदेशीसम्म सबैलाई हामीले आफ्नो परिकार खुवाउने गरेका छौँ ।’

यहाँको होमस्टेमा भइरहेको सोही अभ्यासका कारण विगतमा थारू भान्सामा मात्रै सीमित ढिक्री र सिन्की अचेल व्यावसायिक खानाको परिकारकै रूपमा स्थापित भइरहेको छ । विभिन्न समूहमा आबद्ध महिलाले यस प्रकारको परिकारलाई मेला, महोत्सवमा लगेर बिक्री गर्न थालेका छन् ।

मेला महोत्सवमा ढिक्री र सिन्कीको परिकार बिक्री गरेर एक लाख रुपियाँसम्म कमाइ हुने गरेको भादाकै माया चौधरीले बताइन्। प्रतिप्लेट ८० देखि एक सय रुपियाँसम्म पर्ने गरेको छ । ढिक्री र सिन्की थारू समुदायको रैथाने परिकार पनि हो । यो परिकार पाहुनाको रोजाइमा पर्न थालेपछि अचेल धनगढीमा सञ्चालित होटल तथा रेस्टुरेन्टले समेत उक्त परिकार बिक्री गर्दै आएका छन् ।

सोमबार, माघ १५, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.