धनगढी, १३ माघ/कैलालीको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल विद्यार्थी संघ गोदावरी नगरपालिका कार्यसमितिको आयोजनामा आर्यघाटमा सरसफाइ गरिएको हो ।
आर्यघाट दुर्गन्धित बनेपछि सरसफाइ कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघ गोदावरी नगर सभापती दिल बहादुर बुढाथोकीले बताए । सरसफाइ कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्ट, नेविसंघका विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।