धनगढी, ७ माघ/नेपाली कांग्रेस केन्द्रीय कार्यालयको रणनिति अनुसार माघ १४ गते कैलाली काँग्रेसले जिल्ला कार्यसमितिको बैठक राखेर ‘समुदायमा काँग्रेस’ अनिभयान सञ्चालन गर्न लागेको छ ।
जिल्ला कार्य समितिको बैठकमा ‘समुदायमा काँग्रेस’ अभियानमा गरिने योजना बारे जानकारी दिईने जिल्ला सचिव केशव राज मिश्रले बताएका छन् । जिल्ला कार्य समितिको बैठक नेपाली काँग्रेस जिल्ला कार्यालय (बीपी स्मृती भवन), धनगढी बस्ने छ ।
समुदायमा काग्रेस अन्र्तगत जिल्लाका १ सय २६ वडामै जिल्ला प्रतिनिधि गएर वडावासीसंग खुल्ला छलफल राखी जनताका अपेक्षा, गुनासा र सुझाव संकलन गर्ने कार्यक्रम रहेको सचिव मिश्रले बताए । वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापक लगायत आमा समुहहरु, युवा क्लवहरु, कृषक समुहहरु र व्यवसायीहरु लगायतसंग खुल्ला छलफल गरी अगाढी वढने योजना रहेको छ ।
