बाजुर, ५ माघ / जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ। शुक्रबार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको हो ।
गाडी डडेल्धुराको अजयमेरु गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए। गाडीमा उनी मात्रै रहेका र दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताए । गाडीको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।