डोटी, ४ माघ / कामको शिलशिलामा भारत गएका तर तीन वर्षदेखि वेपत्ता रहेका श्रीमान दान बहादुर चन्द (दिपक) को खोजी गरिदिन उनकी श्रीमती पूजा चन्दले सार्वजनिक रुपमा गुहार मागेकी छन् । बैतडीको साविक बसन्तपुर गाउँ विकास समिति–१, हाल पाटन नगरपालिका–५ कद्वारका ३५ वर्षिय श्रीमान दिपक भारतको पञ्जाबबाट तीन वर्ष यता सम्पर्कविहीन भएको दुःखेसो गरिन् ।
भारतमा काम पनि नपाएको र पैसा नभएर घर फर्किन समस्या भएको भन्ने खबर पाएपछि पूजाले नेपालबाट दश हजार रुपैंया पठाइन् र दिपकले बसको टिकट काटेर नेपाल फर्किन लागेको खबर दिएको जनाईएको छ । तर करिब हप्ता दिनपछि दिपकले आफु नेपाल नआएको र भारतमै रहेको खबर दिए । त्यसपछि भने दिपक र पूजाको सम्पर्क टुटेको जनाईएको छ ।आफुलाई श्रीमानले नै कोठा भाडामा राखेर भारत गएको र हाल कैलालीको मोहनपुर गेटामा कोठा भाडामा बस्दै आएको पूजाले बताइन् ।श्रीमान वेपत्ता भएसँगै एक विस्कुट कम्पनीमा आफुले लेबरी काम गर्दै गुजारा चलाईरहेको पूजाले बताईन् ।
कक्षा ७ मा पढ्दै गरेकी पूजाकी छोरी दिपिका पनि सँगै छिन् ।डोटीको शिखर नगरपालिका – ६ तल्कोट माइती घर भएकी पूजाले माइतीतर्फ बुबा बितिसकेको र दाजुभाइ नभएको बताएकी छन् । पूजाका श्रीमान दिपकको फेसबुक प्रोफाइलमा काम गर्ने स्थान जि.के. हस्पिटालिटी सर्भिस, लुधियाना पञ्जाब इण्डिया भनेर उल्लेख गरेको देखिन्छ ।
आफ्ना श्रीमान वेपत्ता भए पनि अहिलेसम्म खोजबिनका लागि कुनै पहल गर्न नसकेको र जे जस्तो अवस्थामा भए पनि खोजी गरिदिन पूजाले सार्वजनिक अपिल गरेकी छिन् ।कसैले फेला पारेमा पूजाको मोबाइल नं.९८६५८१३४४९ मा र माइतितर्फ उनकी काकी नाता पर्ने लक्ष्मी मल्लको फोन नं.९८६५८३७३४५ मा सम्पर्क गरी खबर गरिदिन अपिल गरेकी छन्