काठमाण्डौ, ४ माघ / प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन वटा खेल भइरहेका छन् । एपीएफ क्लब र मधेस प्रदेशबीचको खेल कीर्तिपुरमा भइरहेक
एपीएफ क्लब दुई खेलमा दुवै खेल जितेर चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने मधेस तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेर दुई अंकसहित सातौँ स्थानमा छ ।
अहिले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा भइरहेको छ । सुदूरपश्चिम प्रदेश दुई खेलमा दुवै खेल जितेर ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने दुई वटा खेल खेलेको गण्डकी प्रदेश दुवै खेलमा हारेर अङ्कविहीन छ ।
यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।