धनगढी, २९ पुस / कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी सुमित्रा भट्टले जन्म दिनको अवसरमा सहयोग गरेकी छन् । धनगढीको आमाको माया छात्रावासलाई आज सहयोग गरेकी हुन्।
धनगढीको अक्सफोर्ड सेकन्डरी स्कुलकी शिक्षिका समेत रहेकी भट्टले छात्रावासमा रहेका छात्रहरुलाई कापी र बिस्कुट सहयोग गरेकी हुन् ।
भट्ट कैलाली बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत छिन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको आमाको माया छात्रवासमा हाल २५ जना छात्रहरु रहेका छन् ।