धनगढी, २९ पुस/ कैलालीको धनगढी १६ बेहेडाबाबामा मकरेसंक्रान्ति मेला लाग्ने भएको छ । बेहेडाबाबामा रहेको महादेवा तालमा माघी स्नानको व्यबस्था समेत मिलाईएको छ ।
बेहेडाबाबामा जाने भक्तजनलाई भण्डाराको व्यबस्था सहित मकर स्नान मेला समेत लाग्ने मन्दिर व्यबस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिएका छन् ।
माघे संक्रान्तीको पुर्वसन्ध्यामा पुस २९ गते राती देखी नै १० देखी १५ स्थानमा आगो वालेर भजनकृतन सहित रातभर जाग्राम समेत गरिने भएको छ । पुस २९ गते देखीनै सबै धार्मीक पर्यटकलाई आवास खानपिनको व्यबस्था समेत मन्दिर व्यबस्थापनले गरेको बताईएको छ ।
सबै आगन्तुकलाई माघ १ गते खिचडी खुवाउनका लागि भण्डारी लगाने आयोजक जोशीले जानकारी दिए । हरेक बर्ष बेहेडाबाबा धाममा पुस मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ ।
‘पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने व्यबस्था मिलाईएको छ’ अध्यक्ष जोशीले भने–‘मकर स्नानलाई धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ ।’ बेहेडाबाबा मेलामा कैलाली र कञ्चनपुर सहित भार समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने क्रम जारी रहेको छ ।