धनगढी २८ पुस/ कैलाली क्षेत्र नम्बर ५का संघिय सांसद डिल्लीराज पन्तले बिद्यालय सुधार्न तिन खम्बे नीति लागु गर्नुपर्ने बताएका छन् । बिद्यालय सुधर्नु छ भने तिन खम्बे नीति बिद्यार्थी, शिक्षक र अभिभावक तिनै तह एक जुटभई भए सफल हुने बताएका छन् ।
कैलालीको धनगढी १९ आई गाउँ मा रहेको जनप्रिय आधारभुत विद्यालयको ३६ औं बार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै संसद पन्तले सो कुरा बताएका हुन् । अहिले धनगढीमा विद्यालय मर्ज गर्ने हल्ला सुनेको बताउँदै यसलाई अध्यन गरेर मात्रै मर्ज तर्फ लाग्नुपर्ने बताएका छन् ।
बिद्यालय शिक्षाको एक मन्दिर हो यसलाई सबैले बिद्यार्थी, शिक्षक र अभिभावक बिकास गरी सुधार तर्फ लाग्न समेत संसद पन्तले अनुरोध गरेका छन् । उनले तिनै क्षेत्रका व्यक्तीले सगै गए मात्रै बिद्यालय सुधार गर्न सकिने बताएका छन् । उनले यति ठूलो पुर्वाधार ,सम्पत्ति,विद्यार्थी संख्या र सुविधा सम्पन्न भएको जनप्रीय विद्यालयलाई मर्ज गर्ने कुरामा आफु सहमत नहुने बताए । उनले बरु अन्य विद्यालयलाई जनप्रीयमा समाहित गर्न सकिने तर्क राखे ।
प्राय सामुदायिक विद्यालयमा अभिभावक उपस्थिति न्यून रहने गरेकोमा यस बर्ष जनप्रीयको बार्षिक उत्सवमा भने दर्शकको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ । अभिभावकको राम्रो उपस्थितीका बिच बार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । बर्षभरि नियमित उपस्थित हुने,सरसफाईमा ध्यान दिने,सबै भन्दा अनुशासित एकएक जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ देउडा गायक नन्द राज रेग्मी र पछिल्लो समयकी चर्चित मोडेल अनु खड्काले प्रस्तुती देखाएका थिए । भने विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थीलाई कला,संस्कृति सिकाउने उद्देश्यले लाइभ देउडा समेत खेलिएको थियो ।
विद्यालयका स्वर्गीय अध्यक्ष गोरख बहादुर रोकायाका छोरा जयपृथ्वी क्याम्पस बझाङका उपप्रध्यापक रविन्द्र रोकायले स्वर्गीय अध्यक्ष रोकायाको नाममा स्थापना गरिएको अक्षय कोष बापतको १२ हजारको चेक समेत विद्यालयलाई हस्तान्तरण गरेका थिए । उपप्रध्यापक रोकायले हरेक बर्ष अक्षय कोषमा १२ हजार नगद जम्मा गर्दै आएका छन् । सो रकम बाट विद्यालयले गरिब,अपांग,असाहे र जेहनदार विद्यार्थीलाई पुरस्कार दिदै आएको छ ।कार्यक्रममा जनप्रिय आधारभुत विद्यालयका प्रध्यानाध्यापक विमला भट्टराइले विद्यालयको शैशिक शत्र २०७९ र ८० को आय र व्ययको विवरण सार्वजनिक गरेकी थिइन् । भट्टराइले अभिभावक भेलामा ६६ लाख ९८ हजारको आय व्यय प्रस्तुत गरेकी थिइन् ।
कक्षा ८ सम्म संचालन भइरहेको जनप्रिय विद्यालयमा हाल २८९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जहाँ शिक्षक र कर्मचारी गरि १३ जना कार्यरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र ऐडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी १९ का अध्यक्ष बाधुराम चौधरी, नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का सभापती भिम पडाल, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, कलाकार र अभिभावकहरुको उपस्थिति रहेको थियो । भने विद्यालयका शिक्षक पदम खड्काले कार्यक्रम संचालन गरेका थिए ।