लवदेब धामी
धनगढी, २७ पुस / प्राज्ञिक विद्यार्थी परिषद् धनगढी नगर इकाइको आयोजनामा दिप प्रज्वलन गरिएको छ । धनगढीको पार्क मोडमा ३०२ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारी दिप प्रज्वलन गरिएको प्राज्ञिक विद्यार्थी परिषद् धनगढी नगर इकाइकी छात्रा प्रमुख सुनिता भट्टले बताइन्।
पृथ्वीनारायण शाहाले विशाल नेपाल निर्माण गर्न दिएको योगदानको कदर र उहाँको जन्मजयन्तीको अवसरमा उहाँ प्रतिको सम्मान स्वरुप दिप प्रज्वलन गरिएको प्राज्ञिक विद्यार्थी परिषद्का प्रदेश संगठन सचिव मणिराम चौलागाईंले बताए ।


