लवदेब धामी
धनगढी,२७ पुस / लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन भएको छ। धनगढीमा रहेको देव तालिम केन्द्रको सभाहलमा आयोजित साधारण सभामा सहकारीले वर्ष भरि गरेका कार्यक्रमको वारेमा जानकारी गराएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजय कुमार पन्तले बताए।
२५ जना सेयर सदस्यबाट वि. सं. २०६७ सलमा सुरु भएको लक्ष्मी सहकारीको हाल १ हजार ४ सय ५७ जना सेयर सदस्य रहेका जानकारी दिनुभयो । विभिन्न उतार चढाव तथा तरलता अभावका बाबजुत आर्थिक वर्ष २०७९ / ०८० सम्म आउँदा कुल बचत १४ करोड ९५ लाख ४० हजार १ सय ५४ रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पन्तले बताए।
साधारण सभामा २/२ जनाको दरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब सुनिल श्रेष्ठले बताए ।
गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यले सेयर सदस्य मध्येबाट यसपाली कक्षा १२ मा सबै भन्दा उच्च अंक प्राप्त गरि पास गर्ने २ जना सेयर सदस्यका छोराछोरीलाई पुरस्कृत समेत गरिएको सचिब श्रेष्ठले बताए।
साधारण सभा कार्यक्रमको प्रमुख आतिथ्यतामा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा क्याम्पस प्रमुख तोयाराजभट्ट रहुन भएको थियो।