धनगढी, २७ पुस / कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ । मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २८ वर्षीय रामबहादुर कसेराको कच्चि एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगो सल्किएर बिहीवार आगलागी भएको हो ।
जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र धनगढीका अनुसार आगलागी हुँदा १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ । घर पुर्ण रुपमा जलि नष्ट भएको र मानविय तथा पशु चौपायाको क्षति नभएको जनाइएको छ ।