गजल
विद्यार्थीहरू माथी गोली चलाई गर्न प्रहार लाज मान्नु पर्ने,
थुक्क, हत्यारा,नालायक, लुटेरा, सरकार लाज मान्नु पर्ने।
विदेश जान पनि ज्यान दिनु पर्ने अवस्था आए पछि देशमा,
कसको सहारामा बाँच्छन् ज्यान दिनेका परिवार लाज मान्नु पर्ने।
केही गर्छौ गर्न देऊ भनी सडकमा शान्ति पुर्ण आन्दोनल गर्दा,
लगेर राख्न महिनौं त्यी निर्दोसीलाई कारागार लाज मान्नु पर्ने।
न त राम्राे रोजगारी पाउँछन् देशमा न त सुखले बिदेश जान नै,
यस्तै गणतन्त्र ल्याउन मार्यौ मान्छे हजारौं हजार लाज मान्नु पर्ने।
सत्ता र शक्तिको गलत प्रयोग गरेर गरिब जनताहरूलाइ लुटी,
सोझासाझा जनताहरू माथी गर्न दमन वारम्वार लाज मान्नु पर्ने।
✍️दशरथ भट्ट
मेलौली नगरपालिका २ सेली