लबदेव धामी
धनगढी, १२ पौष / युएनभी नेपालद्वारा युवाहरुको लागि पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । धनगढीमा रहेको रुवस होटेलको सभाहलमा बिहान १० बजे देखि करिव १ बजे सम्म कार्यक्रम सञ्चालन गरिएको युनडिपि सुदूरपश्मि प्रमुख वैजन्ती गिरि सिंहले बताइन् ।
“युवाहरु पछिल्लो समयमा रोजगारीको अभावमा विदेशीने र स्वदेशमै रहेका युवा पनि विभिन्न कुलतमा लागि रहेका छन् “। एक सक्षम युवाको लागि लिडर सीप अनिवार्य भएकोले कैलाली र कञ्चनपुरको विभिन्न क्याम्पसमा अध्ययन गरीरहेका विद्यार्थीहरुको उपस्थिति कार्यक्रम गरेको युनडिपि सुदूरपश्मि प्रमुख सिंहले बताइन् ।
कार्यक्रमको समन्वय युनडिपी सुदुरपश्चिमले गरेको र अगामी दिनमा पनि युवा लक्षित यस्ता कार्यक्रम निरन्तर गरिने युनडिपि सुदूरपश्मि प्रमुख सिंहले बताइन् ।
युएनभी प्लेटफर्मको बारेमा भने युएनभी नेपालका संयोजक सुरन महर्जनले जानकारी गराएका थिए । युनभीमा युवाहरुले कसरी जोडिने युएनभीको यस प्रक्रिया बारेमा युएनभीका सञ्चार निर्देशक आदर्श ढुङ्गेलले जानकारी गराएका थिए ।
